सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विंगर दुर्घटना हुँदा चार जना घाइते 

२०८१ असोज १९, ०९:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा शनिवार एउटा विंगर (भ्यान) दुर्घटना भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान (विंगर) दुर्घटना भएको हो।

विंगर (भ्यान) कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो। तीव्र गतिको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको हो। भ्यानमा १० जना सवार थिए। तीमध्ये चार यात्रु सामान्य घाइते भएका छन्।
 

कमेन्ट लोड गर्नुस