सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा यात्रु बोकेको जिपबाट १५ पेटी अवैध मदिरा बरामद

२०८० चैत्र ७, १०:०३ खबर संवाददाता

बैतडीः बैतडीमा यात्रु बोकेको जिपबाट १५ पेटी अवैध मदिरा बरामद गरिएको छ।

पाटन बजारदेखि पाटन–७ कैलपाल जादै गरेको से १ ज ५२२ नम्बरको जिपमा लुकाइछिपाइ लगिरहेको मदिरा बाजापानी नजिकबाट अस्थायी प्रहरी पोष्ट बयलाचोराले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बरामद गरेको मदिरा मध्ये १३ पेटी लिची र १ पेटी बियर तथा  थप एक पेटी अन्य ब्राण्डको मदिरा रहेको प्रहरीले जनाएको छ। मदिरा बरामद गरिएको जिपमा यात्रु समेत सवार रहेकाले यात्रुलाई सम्बन्धित ठाउँमा पुर्‍याउनलाई हाल जिपलाई छोडिएको प्रहरीले जनाएको छ। अवैध मदिरा बारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।   
 

कमेन्ट लोड गर्नुस