सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट विराटनगर गइरहेको बस दुर्घटना, एक जनाको मृत्यु

२०८० फाल्गुन २३, ०५:५२ खबर संवाददाता

धनगढीः धनगढीबाट विराटनगरतर्फ गइरहेको बस दुर्घटना भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–पथलैया सडकखण्डमा धनगढीबाट गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

मंगलवार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो। धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस