सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकलगायतका सञ्जालहरूको सर्भर डाउन

२०८० फाल्गुन २२, १०:३६

धनगढीः मेटा कम्पनीको फेसबुकसहतिका सञ्जालहरूमा समस्या देखिएको छ। मंगलवार राति झण्डै एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो।

तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन। प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जामार्फत तीव्र चासो व्यक्त गरेका थिए। डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै राति सवा ९ बजेको आसपासमा फेसबुक र थ्रेड्सहरू लोड भइरहेको देखिएको थिएन। इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन। मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन। ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन्। उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन्।

यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । त्यस समयमा फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो।

 

कमेन्ट लोड गर्नुस