कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बसपार्क जोड्ने सडकबाट २७ वर्षीय प्रविन साउँ द पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय, टीकापुरले मङ्गलवार दिउँसो टीकापुर नगरपालिका–८ का साउँदलाई ५६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उनले पाइन्टको खल्तीमा लागुऔषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीसँग २ पोका लागुऔषध रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर मुद्दा दर्ता गरिएको छ।