सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी २४ वर्षीया पुजा १० दिनदेखि बेपत्ता

२०८० फाल्गुन १५, ०२:११ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी घर भएकी पूजा विष्ट १० दिनदेखि बेपत्ता छिन्।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडी स्थित शिवनगर टोलकी पुजा यही फागुन ६ गतेबाट बेपत्ता भएको आमा हरुदेबी विष्टले बताएकी छन्। श्रीमानले बेवास्ता गरेर माइती घरमा बस्दै आएकी पुजा एकाएक घरबाटै हराएको भन्दै उनकी आमाले खोजीकार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छन्।

No description available.

पछिल्लो केहि समययता पुजाको मानसिक अवस्था समेत विग्रदै गएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना समेत गरिएको थियो। पुजाको साढे तीन वर्षको छोरा समेत छ। घरकी एक्ली छोरी पुजा त्यसमाथि औषधि खाइराख्नुपर्ने अवस्थामा घरबाटै गायब भएपछि सानो नातीलाई सम्माल्नै समस्या भइरहेको मामा हरुदेबीले गुनासो गरेकी छन्।

सानो टिनले छाएको घरमा आमा, छोरी र नाति मात्र थियौँ, अब छोरी पनि गायब भएपछि नातिको बिचल्ली भएको उनको गुनासो छ। पुजालाई कहिँकतै फेला परेमा ९७०६५८२४४१ मा सम्पर्क गरी सहयोग गरिदिन हुन आफन्तले अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस