सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको विभिन्न स्थानबाट ६ लाख बढीका सामान बरामद 

२०८० फाल्गुन २, ११:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको विभिन्न स्थानबाट ६ लाख बढीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका-१७ मझँगाउबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५ हजार मूल्यको कपाल बाध्ने रबर बरामद गरिएको छ।

यस्तै लालझाँडी गाउँपालिका-१ डाडा बिछुवाबाट ५ लाख ६७ हजारको प्याज, मोटरसाईकल ३ थान र बेलौरी नगरपालिका-१, २ बैजुडाडा र भैसोरबाट २९ हजार ५०५ मूल्यको खानेतेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामान गरि जम्मा ६ लाख १ हजार ५०५ मूल्यको सामान मंगलवार प्रहरीले बरामद गरेको छ। उक्त सामा प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

कमेन्ट लोड गर्नुस