सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा निर्वाचनको सुदूरपश्चिममा मतगणना सुरु 

२०८० माघ ११, ०४:३५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

भर्खरै मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले बताए। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन्। उनीहरु सबैले मतदान गरेका छन्।

स्थानीय तहका १७६ जनप्रतिनिधि मध्ये एक जनाको निधन भएको थियो। १७५ जना मध्ये धनगढीका मेयर गोपाल हमाल र भजनीकी उपमेयर राजु तिरुवाले मतदान गरेनन्। यहाँ तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो। साँझसम्म निर्वाचन परिणाम सार्वजनिक हुने भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस