अछामबाट जंगली जनावरका छालासहित एक जना पक्राउ
धनगढीः अछाममा जङ्गली जनावरका छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १२ ठाँटीखाँदका ३१ वर्षीय टंकबादुर शाही जनावरका छाला, सिङ र अवैध भरुवा बन्दुकसहित पक्राउ परेका हुन।
अछाम प्रहरीका अनुसार उनलाई घरबाट जनावरका छालाहरू, सिङ र बन्दुकसहित पक्राउ गरिएको हो। गैरीटाँड प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।