सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘दिमाग खराब’को दोस्रो श्रृंखला बन्ने

२०८० पुष १४, ०९:०५ खबर संवाददाता

काठमाडौँः  निर्देशक निश्चल बस्नेतले पछिल्लो फिल्म ‘दिमाग खराब’को दोस्रो श्रृंखला ल्याउने घोषणा गरेका छन्।

प्रदर्शनको ५१ औं दिन मनाउन शनिवार आयोजित समारोहमा उनले २०८३ सालको दशैंमा सिक्वेल ल्याउने बताए। यसबारे उनले भने, ‘ढुक्क हुनूस सिक्वेल आउँछ। २०८३ सालको दशैंमा आउँछ। हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय त्यसमा हुनेछ। अहिले भनिहाल्ने अवस्था छैन। तर, त्यो समयलाई टार्गेट गरेर आउँछ।’ ‘दिमाग खराब’ले न्यूरोडको रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ दिन मनाएको थियो।

फिल्मले अहिलेसम्म १० करोड हाराहारीमा कमाइ गरेको निश्चलको भनाइ छ। कलाकार, निर्माता र वितरकले केक काटेर ‘दिमाग खराब’को सफलता सेलिव्रेट गरे। अभिनेता खगेन्द्र लामिछानेले ‘दिमाग खराब’ ५१ दिन मनाउने आफू अभिनित पहिलो फिल्म भएको बताए। यो फिल्म कार्तिक २४ गते देशब्यापी प्रदर्शन भएको थियो। नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ।
 

कमेन्ट लोड गर्नुस