सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल वायुसेवा निगमले १२ वर्षपछि जापानको ओसाकासम्म पुनः उडान सुचारु गर्दै

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०९:२१ खबर संवाददाता

चीनको सांघाई हुँदै काठमाडौंदेखि जापानको ओसाकासम्म करिब १३ वर्ष व्यावसायिक उडान गरेको नेपाल वायुसेवा निगमले १२ वर्षपछि पुनः उडान सुचारु गर्ने भएको छ। मध्य माघदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापान उडान गर्ने घोषणा गरेको निगमले ५ महिनाको ढिलाईपछि मध्य असारदेखि भने सिधा उडान पक्कापक्की भइसकेको दाबी गरेको छ। निगमका सहायक प्रवक्ता नवराज कोइरालाका अनुसार असार १९ गते देखी ओसाकाको नियमित उडान गर्ने भएको छ। उनले आइतबारदेखि टिकट बिक्री खुला गरिने बताए। निगमले काठमाडौं ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार रुपैयाँ तथा दुईतर्फी ८० हजार रुपैयाँसम्म कायम हुने सहायक प्रवक्ता उनले बताए।

हाल आठवटा अन्तर्रा्ष्ट्रिय गन्तव्यमा मात्रै उडान गरिरहेको निगमले सातामा तीन वटा (मंगलबार, बिहीबार र शनिबार) उडान भर्ने जनाएको छ। काठमाडौंबाट बिहान २ ः ३० मा निगमको वाइडबडी ओसाकाका लागि उड्ने छ भने त्यहाँको स्थानीय समयअनुसार दिनको ११ ः ५५ ओसाका पुग्नेछ। ओसाकाबाट स्थानीय समयअनुसार १ ः ५५ मा उडान गर्दै त्यही दिन साँझ ६ बजे काठमाडौं आइपुग्ने छ। गृष्मकालीन तालिका अनुसार काठमाडौं(ओसाका र ओसाका काठमाडौं उडान एकतर्फी ६ घण्टा ३० मिनेट हाराहारी हुने छ। यो रूटमा निगमले असार र साउनमा फ्रान्सबाट खरिद गरेर ल्याएका दुईटा ब्रान्ड(न्यू वाइड्वडी ए३३०(२०० बाट गर्ने छ। निगमसँग दुईटा एययरबसकै ए ३२० न्यारोबडी विमान पनि छन्। तर, ती विमानबाट जापान उडान हुने छैन। यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो। त्यसबेला निगमले बोइङ ७५७ बाट यो रुटमा उडान गर्थ्यो। उक्त विमानबाट सिधा उडान गर्न नसकिने भएकाले सांघाईमा इन्धन भर्दै ओसाकाको उडान हुन्थ्यो। सन् २००७ पछी विमान अभाव र निगमको व्यवस्थापकीय कमजोरीका कारण जापान उडान स्थगन गरिएको थियो।

सन् २००० मा जापानबाट काठमाडौं ४१ हजार ७० यात्रुले नेपाल यात्रा गरेका थिए। तीमध्ये निगमको विमानबाट २२ हजार हाराहारी यात्रु नेपाल आएका थिए । ’ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भयो,’ निगमले भनेको छ। ओसाकापछि सर्वा्धिक नेपालीहरुको बसोबास भएको राजधानी टोकीयो नजिकैको नारितामा पनि उडान गर्ने यस्को योजना छ। त्यहाँ सातामा चार उडान थाल्ने भनिएको छ। निगमले जापानबाट वाषिर्क ५७ हजार सिट भर्ने लक्ष्य राखेको छ। जापानका लागि निगमले अन्तर्रा्ष्ट्रिय जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेको छैन। गत भदौंमा जीएसए छनौट प्रक्रिया थालेको निगममा ५ वटा कम्पनीले आवेदन दिएका थिए। तीमध्येबाट वेस्ट्रन एशोसिएट छानिएको थियो। तर, निगमले उक्त कम्पनीसँग सम्झौता गरीसकेको छैन।

निगम स्रोतका अनुसार, त्यसताका उच्च राजनीतिक दबाबमार्फत गैर आवसिय नेपालीका पूर्वअध्यक्ष देवमान हिराचनलाई तत्कालका लागि ओसाकाको प्यासेन्जर सर्भिस एजेन्ट (पिएसए) का रुपमा नियुक्ति दिइएको छ। उनको नियुक्ती कानुनसम्मत नभएको निगमका एक अधिकारीले बताए। झण्डै ६ दशक लामो अनुभव सँगालेको ध्वजावाहक हाल चारवटा जेट विमानबाट ६ वटा मुलुक (भारत, मलेसिया, थाइल्याण्ड, हङकङ, दोहो र यूएई) का ८ वटा शहरमात्रै उडान गर्दै आएको छ। नेपाली वायुयानलाई ३९ वटा मुलुकमा उड्ने अधिकार छ।
 

कमेन्ट लोड गर्नुस