सुदूर नेपाललाई विश्वसँग जोड्दै

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री

२०८२ जेठ २४, १२:५६ रासस

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो। 

“बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्”। प्रधानमन्त्री ओलीले भन्नुभयो, “इद मुबारक ! मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।”

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस