भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा धनगढीमा दीप प्रज्वलन
धनगढी: भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा धनगढीमा दीप प्रज्वलन गरिएको छ।
भदौ १० गते बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा धनगढीस्थित जेन्जी मार्गमा दीप प्रज्वलन गरिएको हो।
प्राज्ञिक विद्या परिषद् नेपाल र जनकल्याण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा नेवा: देय् दबु लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।