सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

२०८३ कार्तिक ५, ०९:३९ खबर संवाददाता

कञ्चनपुर: लागुऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०८१ जेठ ४ गतेको फैसलाले ८ महिना १९ दिन कैद सजाय तोकिएका बेलौरी नगरपालिका–६ निवासी २९ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका हुन्।

बुधबार साँझ इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा चौधरीलाई पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस