सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जिप दुर्घटना, ६ जना घाइते 

२०८० मंसिर ७, ११:५९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा जिप दुर्घटना भएको छ। खलंगा–दल्लेख सडकखण्डमा आज (बिहीबार) जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका छन्। सदरमुकाम खलंगाबाट काँटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा सडकमै जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

घाइते हुनेमा महाकाली नगरपालिका-५ मोती बस्ने रमिता भट्ट, महाकाली नगरपालिका-३ का ७२ वर्षीया बीरादेवी भट्ट, महाकाली नगरपालिका-२ बुडीचौरका ६८ वर्षीया मानमती बडू, ७० वर्षीया उजलीदेवी फराल, झस्कुका ४८ वर्षीय देवदत्त भट्ट र महाकाली नगरपालिका-४ की ३५ वर्षीया यशोदा अवस्थी रहेका छन्। घाइते सबैको अवस्था समान्य रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस