सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को तेस्रो गीत सार्वजनिक

२०८० कार्तिक २, ०५:४५ खबर संवाददाता

काठमाडौँः  कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को तेस्रो गीत ‘मेरो शिव’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले यो गीत ल्याएको हो। गीतमा फिल्मका कलाकाराई भावुक मुद्रामा देख्न सकिन्छ।

किरण भुषालको संगीत र कृष्ण उदासीको शब्द र शान्तिम कोइराला र ¥यापर युनिक प्वइन्टको स्वर सुन्न सकिन्छ। दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को कथामा बनेको हो।

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय छ। अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा शिवाकोटीको फिल्ममा विशेष भूमिका छ।

कमेन्ट लोड गर्नुस