सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ सर्वसम्मतिले स्वीकृत

२०८० असोज २६, ०४:३१ खबर संवाददाता

काठमाडौंः राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन्।

कैलालीको गोदावरी नगरपालिका–५ स्थित निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो। सो विधेयक यही असोज १९ गते सभामा दर्ता भएको थियो।

कमेन्ट लोड गर्नुस