निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठ ‘फरार’
काठमाडौंः नेपाली चलचित्र ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ ‘फरार’ भएका छन्। ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेलगत्तै उनीहरू फरार भएका हुन्।
आफ्नो मन्जुरीबिना प्रसाद २ देश–विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ नोक्सान गरेको भन्दै फिल्म निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता गराएको छ।
सोही आधारमा थप अनुसन्धानका निम्ति प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ। आइतबार अग्रवाल पक्राउ परेलगत्तै थापा र श्रेष्ठ सम्पर्कविहीन भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए। उनीहरूको खोजीकार्य भइरहेको छ।