सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाप्ला मैदान निर्माणका लागि प्रदेश सरकारको पाँच करोड

२०८३ असोज २५, ०३:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढीस्थित फाप्ला मैदान निर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै फाप्ला मैदान निर्माणका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन्।

संघीय सरकारमार्फत फाप्लामा क्रिकेट मैदान तथा खेलग्राम निर्माणको काम हुँदै आएको छ। उक्त आयोजनालाई अगाडि बढाउन प्रदेश सरकारले आफ्नो तर्फबाट पाँच करोड रुपैयाँ विनियोजन गरेको मन्त्री मल्लले बताए।

कमेन्ट लोड गर्नुस