सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१९ च्याम्पियनसिपमा भारतद्धारा बंगलादेश ३ गोलले पराजित

२०८० असोज ४, ०४:४८ खबर संवाददाता

काठमाडौंः  नेपालमा बिहीबारदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। भारतले बंगलादेशलाई ३ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

खेलको पहिलो मिनेटमै नाओबा मियतीको हेडर पासमा पोष्ट अगाडिबाटै गोगोमसार ग्यारीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरीसमयमा नाओबा मियतीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन्।

पहिलो हाफमा बंगलादेशले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन। दोश्रो हाफमा बंगलादेशले केही सुधारिएको प्रदर्शन गर्दै भारतलाई गोल गर्न रोके पनि खेलको निर्धारित समय सकिनै लाग्दा भारत एक गोल थप्न सफल भयो। अर्जुन सिंहले गोल गर्दै भारतलाई ३–० को जित दिलाए। बिहीबार साँझ साढे ५ बजे सुरु हुने अर्को खेल नेपाल र पाकिस्तानबिच हुने छ।
 

कमेन्ट लोड गर्नुस