धनगढी र बेलौरीबाट भन्सार छलीका सामान बरामद
२०८० असार ९, ०२:०२
धनगढीः कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
शुक्रबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब तीन हजार मुल्य बराबरका चिनी, सुर्ती, बिडी लगायतका सामान बरामद गरिएको हो।
त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट करिब ७ हजार मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। सडकघाटबाट भन्सार छलीको गहुँ बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।
कमेन्ट लोड गर्नुस