सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलिया, फ्रान्स, बेलायतसहित ६ देशद्वारा रसुवा र नुवाकोट बाढीप्रति दुःख व्यक्त

२०८३ भदौ १०, ०४:२४ खबर संवाददाता

काठमाडौँ: रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति नेपालस्थित अष्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासले गहिरो दुःख व्यक्त गरेका छन्।

संयुक्त वक्तव्य जारी गर्दै ती दूतावासहरूले बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै विपद्को यस कठिन समयमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।

दूतावासहरूले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई स्थानीय प्रशासनका निर्देशन तथा आधिकारिक सुरक्षा सूचनाको पालना गर्न आग्रह गरेका छन्। साथै, अवस्था निरन्तर परिवर्तन भइरहेकाले सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनप्रति सचेत रहन पनि अपिल गरेका छन्।

वक्तव्यमा अष्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका नेपालस्थित दूतावासको संयुक्त धारणा समेटिएको छ।
 

कमेन्ट लोड गर्नुस