सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

२०८३ भदौ १०, ०४:४६ खबर संवाददाता

काठमाडौँ: रसुवा बाढीका कारण त्रिशुली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको बताए।

बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीका कारण ४० किलोमिटर सडक अवरुद्ध भएको छ । प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ । 

कमेन्ट लोड गर्नुस