सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः हिमालयन गौरीशंकर डेन्टलको साथ

२०८० असार ६, ०५:०२ खबर संवाददाता

धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले साथ दिएको छ।

असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डलाई धनगढीको सेती प्रादेशिक अस्पताल नजिकै रहेको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले साथ दिएको हो। क्लिनिकले विधा प्रायोजन गरेर साथ दिएको हो। हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले बर्ष खेलाडी महिला विधालाई प्रायोजन गरेको छ। अब यो विधाको नाम हिमालयन गौरीशंकर डेन्टल क्लिनिक बर्ष खेलाडी महिला रहनेछ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डको विधा प्रायोजन सम्बन्धी सम्झौता एक कार्यक्रमका बीच भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको तर्फबाट उपाध्यक्ष गगन अयडी र हिमालयन गौरीशंकर डेन्टल क्लिनिकको तर्फबाट डाक्टर सुमन कार्कीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे। सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाटहिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिदै आएको छ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

कमेन्ट लोड गर्नुस