सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सोध्न तिमी आफैँसँग... (भिडियोसहित)

२०७६ वैशाख ४, १२:०७

डा.डीआर उपाध्यायको नया गीत ‘सोध्न तिमी आफैँसँग... सार्वजनिक भएको छ। बुलु मुकारुङको सङ्गीत उदय सोताङको स्वर, नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो। सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ।
प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । साहित्यकार तथा गीतकार डा.डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो। यो विषयलाई सम्बोधन गर्दै उनलाई मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको पनि प्रमाणपत्र प्रदान गरिएको छ।

डी.आरको उपन्यास दगाबाज सहित एल्बम जखम माउन्टेन मेलोडी नसालु नजर जोहो अन्तराप प्रतिनाद र सहेली’ विमोचन केही महिना अघि राष्ट्रिय नाचघर, जमलमा गरिएको थियो । एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी शरद र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातिप्राप्त सबै गायक–गायिकाहरुको स्वर रहेको छ ।
उपाध्यायका यसअघि अतिरिक्त भाग्यचक्र स्वार्थी त्यागी बज्रघात अपवित्र छायाँ र बिटुली जस्ता उपन्यास पाठकमाझ आइसकेका छन्। पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो । ती कृतिहरुको लोकार्पण नेपाल बाहिर सिक्किममा समेत गरिएको थियो ।
 

कमेन्ट लोड गर्नुस