सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पताल बारे आरजु र नारदमुनीको यस्तो छ दोहोरी

२०७६ वैशाख १, ०७:१० नवराज पनेरु

सेती अञ्चल अस्पतालको स्तरोन्नतीको मुद्धालाई मुख्य चुनावी एजेण्डा बनाएका नेताहरुविच दोहोरी सुरु भएको छ। प्रदेश र प्रचिनिधि सभाको निर्वाचनमा स्तरोन्नतीको मुख्य चुनावी एजेण्डा बनाएका नेताहरुले एकअर्कालाई आरोप लगाउन सुरु गरेका हन्। काग्रेस नेतृ आरजु राणा देउवाले ५ सय शैयाको अस्पताल बनाउने नेता हराएको आरोप लगाईरहेकी छिन्। यस्तै प्रतिनिधि सभा सदस्य नारदमुनी राना भने चुनावको मुखमा तीन सय शैयामा स्तरोन्नती गर्ने निर्णय भएको भन्दै गलत प्रचार गरिएको आरोप लगाईरहेका छन्। 
आरजुको प्रश्न–‘चुनावमा पाँच सय शैयाको अस्पताल बनाउने दावी गर्ने नेता अहिले कता हराए ?’ 
नारदमुनीको जवाफ–‘आफ्नो कार्यकाल भित्र स्तरोन्नती गर्ने आश्वासन दिएको हुँ। कार्यकाल सकिन झण्डै चार बर्ष अझै बाँकी छ। पर्खिनुस ५ सय शैयाको अस्पताल बन्छ।’
नारदमुनीको प्रश्न–‘तीन सय शैयामा सेती अञ्चल अस्पताललाई स्तरोन्नती गरे भन्दै चुनावमा प्रचार भयो। खै अहिले सम्म स्तरोन्नती भएको ? ’
आरजुको जवाफ– ‘कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको समयमा अस्पताललाई तीन सय शैयामा स्तरोन्नती गरिएको हो। तत्कालीन समयको अस्पतालको नेतृत्वले आवश्यक कागजात नपठाउँदा स्तरोन्नतीको निर्णय अगाडी बढाउन सकिएन्। स्तरोन्नतीका लागि विनियोजन भएको ५ करोड पनि सरकार परिवर्तन भएकाले खर्च नभएर फ्रिज गयो। पछि कम्युनिष्ट निकटको सरकार आयो र उक्त सरकारले निर्णय कार्यान्वयन गरेन्।’
आरजुको प्रश्न– ‘विजयी भएको सासंदले त अस्पतालको स्तरोन्नती गर्नसक्न प¥यो ?’
नारदमुनीको जवाफ–‘सुदूरपश्चिमकै शेरवहादुर देउवा नेतृत्वको सरकार ४ पटक बन्यो। खै अस्पतालको स्तरोन्नती भएको।’
नारदमुनीको प्रश्न–चुनावमा मात्रै झुठो आश्वासन दिन पाईन्छ ? ‘४ पटक प्रधानमन्त्री हुँदा किन अस्पतालको स्तरोन्नती भएन्।’ 
आरजुको जवाफ–‘हाम्रै पालामा डडेल्धुरा अस्पतालको स्तरोन्नती भयो। प्रदेशमा गईसकेको अस्पताललाई पनि हाम्रै पहलमा संघीय सरकारको मातहतमा राखेका हौँ।’
अस्पताल भने संकटमा
२०७४ साल मंसिर २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनु अगाडी नेतृ देउवाले सेती अञ्चल अस्पतालको तीन सय शैयामा स्तरोन्नती गराएको दावी गर्दा उनका प्रतिस्पधी बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले पाँच सय शैयाको प्रादेशिक अस्पताल बनाउने दाबी गरेका थिए। अस्पताल भने अहिले पनि २०४० सालको स्वीकृती अनुसार ५० शैयामा चलिरहेको छ। अस्पताल प्रदेश सरकारको मातहतमा पठाईएपछि अस्पतालको स्तरोन्नती त परै जावस भएका सेवा सञ्चालनमा पनि समस्या हुन थालेको छ। 

सेती अञ्चल अस्पतालका ९५ प्रतिशत डाक्टरको समायोजन संघीय सरकारमा भएपछि अस्पताल डाक्टर विहिन हुने अवस्थामा पुगेको छ। चुनावमा सुविधा सम्पन्न प्रादेशीक अस्पताल बनाउने दावी सहित प्रचार प्रशार गरेका नेताहरु, भएकै दरबन्दीको पदपुर्ती र चुस्त व्यवस्थापनका लागी उदासीन छन्। २०४० सालकै दरबन्दीका चिकीत्सक ३५ बर्षसम्म ल्याउन नसकेका नेताहरुले ३ सय ५ सय सैयाको बनाउने भाषण दिनु कत्तिको उपयुक्त थियो सोच्न पर्ने बेला आएन र ? 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस