सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वरुपराजको ‘धूँवा धूँवा’ को भिडिओ सार्वजनिक

२०८० जेठ २१, ०५:३० खबर संवाददाता

काठमाडौंः  गायक स्वरुपराज आर्चायको स्वर रहेको ‘धूँवा धूँवा’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ।

निर्माण टीमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमका बीच भिडियो रिलिज गरेको हो। सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ। सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ।

धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनले मिक्सिङ मास्टरिङ गरेका छन्। प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय देख्न सकिने यस भिडिओमा व्यस्तताबीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई देखाइएको छ। केशवराज भट्टको निर्देशन, उद्धव दाहालको छायांकन रहेको भिडिओको सम्पादन विकास धमलाले गरेका हुन्।

प्रकाश न्यौपानेको निर्माणमा तयार भिडिओ तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो।
 

कमेन्ट लोड गर्नुस