सुदूर नेपाललाई विश्वसँग जोड्दै

 खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ असोज २९, ०९:३९ खबर संवाददाता

कञ्चनपुरः खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ माघ २० गतेको फैसलाले लागूऔषध (खैरो हिरोइन) मुद्दामा ११ महिना २८ दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–७ ज्योती टोल बस्ने २८ वर्षीय किरण भण्डारी पक्राउ परेका हुन्। भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घर ठेगानाबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस