सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८० जेठ २१, १२:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट ४ सय ९० मिलिग्राम लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–५ का १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट पनि ४ सय ९० मिलिग्राम लागूऔषधसहित जानकी गाउँपालिका–९ पुर्वी खैरीफाँटाका २५ वर्षीय सागर कडारा पक्राउ परेका छन्।

उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस