सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरी नगरपालिकाको बजेट एक अर्ब १८ करोड

२०८२ असार ६, ०४:५४ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १८ करोड ५४ लाख ५६ हजार बराबरको अनुमानित बजेट ल्याएको हो।

शुक्रवार आयोजित नगर अधिवेशनमा नगर प्रमुख बिरेन्द्र भट्टले नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए। जसमा संघीय सरकार बाट आउने वित्तीय समानीकरण तर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपूरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ७२ लाख रहेको उनले बताए।

यस्तै प्रदेश सरकार बाट आउने वित्तीय समानीकरण तर्फको बजेट एक करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, ससर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेसनबाट ६ करोड ८५ लाख रहेको नगरप्रमुख भट्टले बताए।

त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, बिग्यापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैँक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको बताइएको छ।

यसैबिच नगरप्रमुख भट्टले नगरको अनुमानित खर्च विवरण पनि प्रस्तुत गरेका थिए। जसमा नगरका विभिन्न शाखाहरूका लागि आवश्यक पर्ने अनुमानित बजेट छुट्याइएको छ । नगरको अनुमानित बजेटको ६९ प्रतिशत चालु तर्फ र ३१ प्रतिशत पुँजीगत तफ्र विनियोजन गरिएको छ।

नगरप्रमुख भट्टले नकार्यपालिका अन्तर्गत ३३ करोड ९६ लाख १९ हजार, सबै वडा कार्यालयहरुलाइ १२ करोड, शिक्षा युवा तथा खेलकुद शाखालाइ ९ करोड २ लाख ६७ हजार, स्वास्थ्य शाखालाइ ८७ लाख ५० हजार, कृषिविकाश शाखालाइ २६ लाख ५० हजार र पशु सेवा शाखालाइ ६३ लाख छुट्याइएको बताए।

यस्तै महिला विकास शाखा लाई २८ लाख ५० हजार, सहकारी शाखालाइ ४ लाख, सामाजिक तथा आर्थिक विकास शाखालाइ १७ लाख र न्यायिक समितिलाइ ८ लाख २० हजार छुट्याइएको उनले बताए। त्यसका साथै मालाखेती अस्पताल लाई १ करोड २० लाख, भूमि व्यवस्था इकाइलाइ ६० लाख, संघीय ससर्त अनुदानमा ४१ करोड ७२ लाख, विशेष अनुदानमा ४ करोड ९ लाख, समपूरक अनुदानमा १ करोड ९३ लाख तथा प्रदेश समपूरक योजनातर्फ ३० लाख, विशेष अनुदानमा ६० लाख, ससर्त अनुदानमा ३ करोड ५२ लाख, क्रमागत योजनामा ३ करोड र म्याचिङ फण्डमा ४ करोड रुपैयाँ व्यय हुने अनुमान गरिएको नगरप्रमुख भट्टले बताए।

 

कमेन्ट लोड गर्नुस