सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकी गाउँपालिकामा कृषि एम्बुलेन्स खरिद गर्न २५ लाख

२०८२ असार ६, ०६:३६ खबर संवाददाता

धनगढी : कैलालीको जानकी गाउँपालिकाले कृषि उपज ढुवानी साधन (कृषि एम्बुलेन्स) खरिदका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

खैरीपुर–भोक्सी सडक कालोपत्रे निर्माणमा सङ्घीय सरकार समपूरक अनुदान लागत साझेदारीका लागि दुई करोड ५२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, नयाँ लायकपुर–जगतपुर–मुर्तिया–कटासे हाइड्रोपावर हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने सडक कालोपत्रे सङ्घीय सरकार समपूरक अनुदान लागत साझेदारीका लागि चार करोड १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

सिकलसेल थालासेमिया रोगको पहिचान सम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन, पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट तोकिए बमोजिमको निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न ४५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।

जानकी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ९१ करोड ३७ लाख रुपियाँको बजेट छ। जसमध्ये चालुतर्फ ४५ करोड ८८ लाख र पुँजीगततर्फ ४५ करोड ४८ लाख रुपियाँ छुट्याइएको छ।

 

कमेन्ट लोड गर्नुस