नास्ट रेड क्रस सर्कलको आयोजनामा शिवपुरी धाममा सरसफाई

धनगढीः नास्ट रेड क्रस सर्कलको आयोजनामा शिवपुरी धाममा सरसफाई गरिएको छ।
हाम्रो धनगढी हामी बनाउछौ भन्ने मुल नाराका साथ शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा सरसफाइ गरिएको हो। धनगढी–४ का वडाअध्यक्ष बुद्दी खडका, कर्मचारी र नास्ट क्याम्पसका विद्यार्थी तथा शिक्षकको उपस्थितिमा सरसफाई गरिएको नास्ट रेड क्रस सर्कलका शिक्षक नायक रमेश खडकाले बताए।
नास्ट क्याम्पसको आयोजनामा उक्त सरसफाई कार्यक्रमको गरिएको खडकाले जानकारी दिए।
