सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र नम्बरी सुनको हेटौंडामा प्रिमियर शो

२०८० जेठ २०, ०७:२७ खबर संवाददाता

हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनको प्रिमियर शो भएको छ।

शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा चलचित्रको प्रिमियर गरिएको हो। हेटौंडा निवासी नारायण खातीले निर्माण गरेको चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो। आफ्नो ठाउँमा आफुले बनाएको चलचित्रलाई प्रिमियर गरी भदौ १ गतेबाट देशभर प्रदर्शन गरिने निर्माता खातीले बताए।

चलचित्र हेरिसके पछि दर्शकहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन्। सुन र सुन बनाउने पुरानो चलनलाई चलचित्रको पर्दा मार्फत देखाइएको छ। गाउँले परिवेश र जातित्व सँगै मायाप्रेमलाई चलचित्रमा समावेश रहेकाले हेरेर प्रतिक्रिया दिन चलचित्रका नायक गौरव पहारीले बताएका छन्।

चलचित्रमा गौरव पहारी, किरण नेपालीको अलावा नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतका कलाकारहरुको अभिनय रहेको छ। सुवर्ण शिभान्स फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता भने सरोज खाती, सविन खाती, र मनोज रिजाल रहेका छन्। चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहेको छ।

चलचित्रमा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ।
 

कमेन्ट लोड गर्नुस