सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत भ्रमणमा गएको प्रधानमन्त्रीसहितको टोली स्वदेश फिर्ता 

२०८० जेठ २०, ०७:१८ खबर संवाददाता

भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।

शनिबार साँझ  ६ बजेपछि प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हो। प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री प्रचण्ड १७ मा भारत भ्रमणमा गएका थिए। भारतमा रहँदा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए।

मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलका अन्यमन्त्रीहरूले पूजाअर्चना पनि गरेका थिए।
 

कमेन्ट लोड गर्नुस