सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालकृष्ण खाँणको निवासबाट बरामद कागज मैले लेखेको होः सचिव पाण्डे

२०८० जेठ २०, ०५:०१ खबर संवाददाता

काठमाडौंः  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको चिट (कागज) आफूले लेखेको स्वीकारेका छन्।

जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले हतास मनस्थितिमा रहेको बेलामा नोटबुकमा बैयक्तिक भावना लेखेको दाबी गरे। ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ’ बयानमा भनेका छन्, ‘उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ।’

उनले प्रहरी हिरासतमा रहेका बेला उक्त नोट लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए। आफूलाई आकस्मिक रुपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाणले उक्त नोट (कागजको चिट) च्यातेर फालेका थिए।

उक्त नोटमा (प्रहरी हिरासतमा रहेका केशव)दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुप¥यो। नभए मन्त्रीज्यू समेतको मुद्दा जानसक्छ ‘ भनिएको थियो। – साभारः अनलाइन खबर

कमेन्ट लोड गर्नुस