कलाकार जोशीद्धारा जन्मदिनमा कल्याणकारी कोषलाई रकम हस्तान्तरण

धनगढीः डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा रकम जम्मा भएको छ।
शुक्रवार डेउडा प्रतिष्ठानका आजिवन सदस्य चलचित्रकर्मी राजकुमार जोशीले रकम जम्मा गरेका हुन्। उनले जन्म दिनको अवसरमा पाँच हजार रुपैयाँ जम्मा गरेका छन्। उनले संस्थाका वरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा)लाई रकम हस्तान्तरण गरेका हुन्।
जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अफ्ट्यारो पर्दा सहयोगका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको छ। संस्थाले अभियानका रुपमा कोषमा रकम जम्मा गर्दै आएको संस्थाका कोषाध्यक्ष प्रेम बिबश चन्दले बताए।
कोष विभिन्न कला क्षेत्रमा लागेका कलाकर्मीहरुको साहाराको रुपमा उभिने दाबी गरिएको छ।
