नम्रताको मुख्य भुमिकामा रहेको फिल्म ‘ह्यासट्याग माया’को छायाकंन सुरु

काठमाडौंँः अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ।
शुक्रबारबाट फिल्मको छायांकन बर्दियामा सुरु भएको हो। ४५ दिनको सेड्युलसहित फिल्मको छायांकन सुरु गरिएको हो। फिल्ममा नम्रताले योग प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन्। थ्रिलर विधामा निर्माण हुने फिल्ममा नम्रताको अलवा सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको पनि अभिनय रहनेछ।
राजीव गुरुङको निर्देशन रहने फिल्मका कार्यकारी निर्माता अनुप पौडेल हुन्। फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन छ। २०७५ मा रिलिज भएको फिल्म ‘प्रसाद’ पछि अभिनयमा नदेखिएकी नम्रता करिब ५ वर्षपछि फिल्ममा फर्किएकी हुन्।
