धनगढीका शाही कांग्रेस इतर पक्षको महाधिवेशन प्रतिनिधि चयन
धनगढीः नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट इन्जिनियर पुष्करविक्रम शाही चयन भएका छन्। जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको महाधिवेशन प्रतिनिधिमा उनी चयन भएका हुन्।
धनगढी उपमहानगरपालिका–४ निवासी शाही इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका निवर्तमान स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति हुन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढेका उनले शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
शाही २०७२ सालको एसएलसी परीक्षामा ऐश्वर्य विद्या निकेतनबाट टपर भएका थिए। कांग्रेसको इतर पक्ष महाधिवेशनको तयारीमा छ।