सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्युजिक भिडियोमा जम्दै धनगढीका बाबा सिँह

२०८० जेठ १६, ०८:११ खबर संवाददाता

धनगढीः धनगढी स्थाई घर भएका बाबा सिँह केही समय अघी भिडियोग्राफीको काम गर्ने गर्दथे। डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा जन्मेका बाबा सिहं सानै उमेरमा परिवार सित धनगढी झरेका थिए। सानैबाट गित संगितमा निकै रुची राख्ने सिँहले धनगढीबाटै अध्यायन गरे। घर परिवारले जागिर तथा ब्यवसाय तर्फ उनलाई डो¥याउन खोजेपनि सिँहको मनले सगिंत क्षेत्रनै रोज्यो ।

संगित क्षेत्रमानिकै रुची भएका सिहं पढाई संगै संगितको तयारीपनि गर्दथे। उनले काठमाण्डौँबाट १ बर्ष संगितको प्रशिक्षणपनि लिइसकेका छन् । संगित प्रशिक्षणपछि करिब ५ बर्ष अघी दुइवटा म्युजिक भिडियो बजारमा ल्याएका सिहंले बिचतमा भिडियोग्राफी पेसा अगांलेका थिए।

म्युजिक भिडियोबाट ब्यवहार चलाउन नसकिने स्थिती देखेर उनले बाबा प्रोडक्सनबाट भिडियोग्राफीको काम गर्न शुरु गरेका थिए । भिडियोग्राफीको काम गरिरहँदापनि उनको मनले सगिंत क्षेत्र छोड्न दिएन । भिडियोग्राफी ब्यवसायलाई निरन्तरता दिदै फेरी म्युजिक भिडियोलाई पनि शुरु गर्ने निर्णयमा सिहं पुगे । उनले धनगढीमै रहेर अहिले धमाधम म्युजिक भिडियो बजारमा ल्याइरहेका छन्।

सिहंले हालसम्म ६ वटा म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । म्युजिक भिडियोमा अभिनय मात्रै नभएर निर्देशक, निर्माता, अभिनय स्वर समेत सिहंकै छ । उनि म्युजिक भिडियोका हरेक काममा पोख्त छन् । मंगलबार मात्रै सिहंले बस्न देउ न तिम्रो दिलैमा नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । बाबा सिहं अफिसियल युटुब च्यानलबाट सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । यसमा अभिनय, स्वर, निर्देशन बाबा सिहंले गरेका छन् भने, ¥याप धिर बिक्रम सिहं, अभिनयमा रोजिना बोहरा तथा क्यामरामा रोजिन बोहरा रहेका छन् । 

एक महिना अघी मात्रै सम्झन्छु म नामक म्युजिक भिडियो बजारमा ल्याएका बाबा सिहंले हाल बस्न देउ न तिम्रो दिलैमा नामक म्युजिक भिडियो बजारमा ल्याएका हुन् । धनगढीमै उत्पादन तथा छायाकंन हुने म्युजिक भिडियोमा अधिकाशं पप गितहरु रहेका छन् ।

धनगढीमै बसेर म्युजिक भिडियो बजारमा ल्याइरहेका सिहंले फेरी ३ वटा भिडियो निर्माणको चरणमा रहेको बताएका छन् । मेरो सानैदेखी सगिंत क्षेत्रको रुची थियो सिहंले भने “शुरुमा दुइवटा म्युजिक भिडियोमा लगानी लगाए, शुरुमै म्युजिक भिडियोबाट गुजरा चल्ने कुरा भएन र मैले बाबा प्रोडक्सनबाट भिडियोग्राफीको काम गरे, फेरी मनले मानेन अँझै भिडियाग्राफी संगसंगै म्युजिक भिडियोलाइपनि निरन्तरता दिइरहेको छु, शुरुवाती अवस्थाबाटनै राम्रो सहयोग पाइरहेको छु, दर्शकहरुले मन पराइरहनु भएको छ ।”

पछिल्लो समय कलाकारिता क्षेत्रका लागी काठमाण्डौँनै जार्ने प्रवृती बढी छ उनले भने “तर धनगढीमा म्युजिक भिडियोका लागी आवश्यक पर्ने सबै कुरा छ, कमी कुनैको छैन, छायाकंनका लागी पर्याप्त राम्रा ठाउँहरु छन्, काठमाण्डौँ सरह क्यामेरा, छायाकंन, तथा मिक्सिङ गर्ने टिम छ, सबै आवश्यक पर्ने उपकरण र जनशक्ती धनगढीमै भइसकेपछि यतैबाट किन काम नगर्ने भनेर म धनगढीमै रहेर म्युजिक भिडियो निर्माण गरिरहेको छु, जे होस पछिल्लो समय राम्रो भइरहेको छ ।” 
धनगढीमै रहेर काम गरिरहेका कलाकारहरुलेपनि बिस्तारै सबै क्षेत्रमा स्थान पाउने छन भन्ने अपेक्षा लिएको छु सिहंले भने “शुरुवातमै म्युजिक भिडियोबाट आम्दानी गर्न सकिन्न, अहिले लगानी भइरहेको छ मेरो, बिस्तारै यहाँको सबै क्षेत्रले स्थान दिए पक्कै मलाई अघी बढ्न प्रोत्साहन मिल्ने छ, र सबैको साथ सहयोगका लागी अपेक्षापनि गरेको छु, सुदूरपश्चिमबाट काम गर्ने मान्छेलाई यहाँकै ब्यक्तीहरुले सहयोग गरे मात्रै सफलता पाइन्छ, कस्तो भइरहेको छ, मेरा म्युजिक भिडियो हेरेर प्रतिकृया दिनुहुने छ भन्ने अपेक्षापनि लिएको छु ।
 

कमेन्ट लोड गर्नुस