सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबामा पार्किङका नाममा चर्को शुल्क असुली 

२०८० जेठ १६, १०:५८ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १७ रामपुरमा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरू भएको छ। आजबाट सुरू भएको मेला भर्न सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट ठुलो संख्यामा भक्तजन आउने गर्छन्। तर, मेला भर्न गएकाहरूबाट पार्किङको नाममा रकम असुल्ने काम भइरहेको सर्वसाधारणले गुनासो गरेका छन्। बेहडाबाबा दर्शन गर्न जानेबाट मन्दिर व्यवस्थापन समितिले पार्किङको नाममा चर्को असुली गर्न थालिएको हो।

मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप र कारको दुई सय पचास र बस पार्किङ गरेको ४५० असुली गरिरहेका छन्।

मन्दिर दर्शन गर्न जानेबात चर्को रकम असुली हुन थालेपछि यसको चौतर्फी बिरोध भएको छ। मन्दिर व्यवस्थान समितिले पार्किङ शुल्क घटाएर लिने बताएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले मोटरसाइकल र स्कुटरको ६० रुपैयाँ र कार जिपको १२५ रुपैयाँ लिन निर्देशन दिएको अध्यक्ष जोशीले बताए।

कमेन्ट लोड गर्नुस