सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ

२०८० जेठ १६, ०९:१२ खबर संवाददाता

काठमाडौंः क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो। पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते लामिछान विरुद्ध जाहेरी दर्ता भएको थियो।

कमेन्ट लोड गर्नुस