सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

२०८२ असार ५, ०५:१४ रासस

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको सडक दुर्घटनामा एक बच्चा र एक महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार पुष्टि गरेको छ।

एक बालकसहित अन्य तीन जना घाइते भएका छन् र उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ। राज्यको पुणे जिल्लाको जेजुरी–मोरगाँव रोडमा निकै तीव्र गतिमा गइरहेको निजी कार रोकेर राखेको गाडीमा ठोक्किँदा सडक दुर्घटना भएको हो। कारको अगाडिको भाग नराम्ररी बिग्रिएको थियो र भित्र फसेका मानिसहरूलाई बाहिर निकाल्न ग्यास–कटरहरू प्रयोग गर्नुपरेको थियो। 
 

कमेन्ट लोड गर्नुस