सुदूर नेपाललाई विश्वसँग जोड्दै

२१ नेपालीलाई विद्यावारिधि गराउने कोरियाली प्राध्यापकलाई सम्मान सम्मानित

२०८० जेठ १५, ०७:१५ खबर संवाददाता

काठमाडौंः  परराष्ट्र मन्त्री एनपी साउदले  दक्षिण कोरियाको जनबुक नेसनल युनिर्भसिटीका प्राध्यापक ह्याक योङ किमलाई सम्मानित गरेका छन्।

उनले नेपालका २१ जना विद्यार्थीलाई कोरियाबाट नानो टेक्नोलोजीमा विद्यावारिधि गराएर विशिष्टि योगदान पु¥याएकाले सम्मानित गरिएको हो। काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री साउदले कोरियन दूतावासका प्रतिनिधिको उपस्थितिमा उनलाई सम्मानित गरिएको कोरियन युनिभर्सिटी अल्मोनाई एसोसिएसन नेपालका पूर्व अध्यक्ष प्राडा हेमराज पन्तले जानकारी दिए।

सो विश्वविद्यालयबाट अध्ययन गरेर नेपाल फर्केका एक सय ५० जना बढी नेपाली विद्यार्थीले यहाँका विभिन्न विश्वविद्यालय र अन्य क्षेत्रमा कार्य गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस