सुदूर नेपाललाई विश्वसँग जोड्दै

जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी 

२०८० जेठ १२, १०:५० खबर संवाददाता

तनहुँ: तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन्।

व्यास नगरपालिका–५ चिन्तुटार बस्ने ७२ वर्षीय शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० वर्षीया मीनमाया तामाङ गुरुङ र  छोरा ३२ वर्षीय थमन गुरुङ बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचारको लागि ल्याइएको थियो।

शुकबहादुरलाई थप उपचारको लागि बिहीवार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको उपरीक्षक खाणले बताए। बिहीवार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरु तीनै जना बिरामी परेको खाणको भनाइ छ। 

कमेन्ट लोड गर्नुस