सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको गोकुलेश्वरमा चर्मण्यावती साहित्य सम्मेलन हुने

२०८० जेठ ११, ०७:२० खबर संवाददाता

धनगढीः  बैतडीको गोकुलेश्वरमा चर्मण्यावती साहित्य सम्मेलन हुने भएको छ।

राष्ट्रियता संरक्षण अभियान, बैतडीको आयोजना र डिलासैनी गाउँपालिकाको सहयोगमा जेठ १५ र १६ गते सम्मेलन हुने भएको हो।

दुई दिनसम्म चल्ने सम्मेलनमा  मानसखण्डको लोकसाहित्य,  मानसखण्ड, चौलानी सभ्यता र संस्कृति, बैतडेली साहित्यको रुपरेखा, बैतडेली लोकसंस्कृति, व्यासी, शौका समुदायको भाषा, संस्कृति, कत्थक नृत्य, भडा, सगुन, फाःग र काव्य गोष्ठी गरिने छ।
 

कमेन्ट लोड गर्नुस