सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटाको दशरथचन्द विश्वविद्यालयले कुन विषयमा कति पायो सिट ?

२०८३ असोज ३०, ०४:४० खबर संवाददाता

धनगढी: कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चारवटा शैक्षिक कार्यक्रममा सुचारु गर्न अनुमति पाएको छ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस, नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्रीमा सिट निर्धारण गरेको हो।

विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दका अनुसार एमबीबीएसमा सबैभन्दा बढी ५० सिट निर्धारण भएको छ। त्यस्तै, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट पाइएको छ।

गेटामा पहिलोपटक एमबीबीएस अध्ययनका लागि सिट निर्धारण भएसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने बाटो खुलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले गेटासहित देशभरका ८४ शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको छ। आयोगले गत वर्षको तुलनामा यसवर्ष चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट थप गरेको जनाएको छ। यसवर्ष एमबीबीएसतर्फ मात्रै ११० सिट थपिएका छन्।

कमेन्ट लोड गर्नुस