सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गा जाँत मेला गीत युटुबमा सार्वजनिक 

२०८० जेठ ११, ०५:१६ खबर संवाददाता

धनगढीः  डोटेली भाषाको चर्चित कार्यक्रम “नौगेडी माला“का सञ्चालक डोट्याल बड्डाको अभिनयमा 'दुर्गा जाँत मेला' गीत युटुबमा सार्वजनिक भएको छ।

डोटेली भाषाको संरक्षण प्रचार प्रसारकाका निमित्त  विगत लामो समयदेखि सक्रिय निर्देशक तथा कलाकार सुरेन्द्र संगम (डोट्याल बड्डो) एक कुशल निर्देशक पनि हुन्। एक सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका संगम गायनमा पनि उत्तिकै कुशल छन्।

शिखर नगरपालिका –९ जैनोलीमा जन्मिएका सुरेन्द्र हाल धनगढीमा बस्दै आएका छन्। गीतमा डडेल्घुरा जिल्ला नबदुर्गा –२ बगालका  शिवकुमार बिसीको लय र शब्द रहेको 'दुर्गा जाँत मेला गीत' सुरेन्द्रले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन्। सुरेन्द्रलाई स्वरमा चर्चित गायीका गौरी भट्टले साथ दिएकी छन्।

गीतमा डोट्याल बड्डोसँगै प्रिज्मा ठकुराठी, निसा, मेघराज र गणेशको अभिनय रहेको छ। राजेश अनुरागीले छायांकन गरेको भिडियोमा अनुरागीकै सम्पादन र अमित बिकको कलर रहेको छ।

डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिकामा रहेको दुर्गा जाँतलाई लक्षित गरी त्यस ठाउँको घार्मिक प्राकृति र संस्कृतिकको वर्णन गरिएको गीतले  त्यस ठाउँको प्रचारप्रसारमा सहयोग पुग्ने बताइएको छ।
No description available.

कमेन्ट लोड गर्नुस