सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा सञ्चालित आँखा शिविरबाट तीन हजार बढी लाभान्वित

२०८० वैशाख ४, ०७:३५ खबर संवाददाता

धनगढीः अछाममा गतचैत १९ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको शिविरबाट तीन हजार बढीले सेवा लिएका छन्।

स्थानीय पालिका,नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ह्यामर रोटरी क्लब नर्वे, सेभा नेपाल, तेजकोहली रुईत फाउण्डेशनको सहयोगमा उक्त शिविर सञ्चालन भएको थियो। शिविरबाट अछाम जिल्लाभरिका ३०८५ जनाले उपचार सेवा पाएका छन्।Open photo

जसमध्ये ४७३ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण  गरिएको थियो भने २६१० जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको थियो। उपचारमा गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं बरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेश राज पन्त र नेत्र विशेषज्ञ डा श्री अनीस मानन्धर सहित १४ जना प्राविधिकहरुको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए।

शिविर जिल्लाको बयालपाटा अस्पताल,बयालपाटा स्वास्थ्य चौकी तुर्माखाँड, पंचदेवल क्याम्पस बिनायक र शोडषा मा वि मंगलसेनमा संचालन भएको थियो। 

Open photo

कमेन्ट लोड गर्नुस