सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज नेपाल र भियतनाम भिड्दै

२०७९ चैत्र २२, ०७:५३ खबर संवाददाता

काठमाडौंः पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज बुधबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ। भियतनामले अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ। फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा रहेको छ।

पहिलो चरणको छनोटको समूह ’सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन्। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो। नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।

कमेन्ट लोड गर्नुस