सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नारी साहित्य सम्मेलन सुरु

२०७९ चैत्र १०, ०४:३५ खबर संवाददाता

धनगढीः धनगढीमा शुक्रबार विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ।

दिउँसो १२ बजे सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा महोत्सव उद्घाटन गरिइएको हो। उक्त कार्यक्रमाको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन्। महोत्सव चैत्र १० देखि १३ गतेसम्मसञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहेको साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए। सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, लगाएत अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी छन्। 
 

कमेन्ट लोड गर्नुस